जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका– १५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका–७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०७९ कात्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार रूपैयाँ जरिवाना र २ हजार २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१५ क्रान्तिकारी टोल नजिकै २०७१ असार ६ गते ४२ वर्षीया महिलालाई पूर्ण बहादुर लगायत ४ जनाले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामुहिक जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×