फिल्ममा फर्कँदै क्यामरुन डियाज

काठमाडौँ - सन्तानको हेरचाह गर्न भन्दै फिल्मबाट सन्यास लिएको घोषणा गरेकी ‘चार्लिज एन्जल्स’ अभिनेत्री क्यामरुन डियाज अभिनयमा फर्कने भएकी छिन्।

उनले नेटफ्लिक्सले बनाउन लागेको ‘ब्याक इन एक्सन’शीर्षकको फिल्ममार्फत कमब्याक गर्न लागेकी हुन्।

फिल्ममा उनलाई अभिनेता जेमी फक्ससँग देखिनेछ। जेमीसँगको फिल्म ‘एनी’ रिलिजसँगै क्यामरुनले फिल्मबाट सन्यास लिने घोषणा गरेकी थिइन्। सन् २०१८ मा सन्यास घोषणा गर्दै क्यामरुनले जेनिथ पाल्ट्रोको सोमा कुरा गर्दै सुटिङमा रहँदा २४ सै घन्टा व्यस्त रहनु परेको गुनासो गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×