माछा मार्ने क्रममा २६ वर्षीया युवतीको मृत्यु

काठमाडौँ - गुल्मीमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। 

जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौर निवासी २६ वर्षीया सरिता थापाको मृत्यु भएको हो। उनी सोही स्थानकै हुग्दी खोलामा करेन्ट लगाएर माछा मार्न गएकी थिइन्। करेन्ट लगाउँदा बेहोस् भएकी उनलाई स्थानीयवासीले अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×