वेस्ट इन्डिजका प्रशिक्षक सिमन्सले गरे राजीनामाको घोषणा

काठमाडौँ - दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामाको घोषणा गरेका छन्.

अस्ट्रेलियामा जारी जारी टि-२० विश्वकपमा वेस्ट इन्डिज शीर्ष १२ मानै पुग्न असफल भएको थियो। वेस्ट इन्डिज स्क्टल्यान्ड र आयरल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सिमन्सले २०१५ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। २०१६ मा वेस्ट इन्डिजले दोस्रो पटक टी-२० विश्वकप उपाधि जित्दा सिमन्स नै टोलीका मुख्य प्रशिक्षक थिए।

तर, यो पटक उनको टिम खराब प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि ५९ वर्षीय सिमन्सले डिसेम्बरमा अस्ट्रेलिया नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुने २ टेस्टपछि राजीनामा दिने बताएका छन्।

वेस्ट इन्डिज पहिलो चरणको समूह ‘बी’ मा थियो। पहिलो खेलमै स्कटल्यान्डसँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा जिम्बावेलाई पराजित गरेपनि तेस्रो खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो।

पछिल्लो पटक सिमन्सले २०१७ मा वेस्ट इन्डिजको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। २०१९ को एकदिवसीय विश्वकपमा अफगानिस्तानले १ खेल पनि जित्न नसकेपछि त्यहाँबाट राजीनामा दिएका थिए। अक्टोबरमा वेस्टइन्डिजको मुख्य प्रशिक्षक पुन: सम्हाल्लेका उनका लागि यो कार्यकाल भने खराब रह्यो।

उनले राजीनामा घोषणा गर्दै भने, ‘मलाई थाहा छ, यो नतिजा निकै हृदयविदारक छ। यो प्रदर्शनबाट राष्ट्रलाई चोट पुर्‍याउने काम भएको छ। हामीले प्रतियोगितामा राम्रो खेल्न सकेनौँ। यसको लागि म हाम्रा समर्थक र शुभचिन्तकसँग माफी माग्न चाहन्छु।’ उनले खराब प्रदर्शपछि घुँडा टेकेको नभइ लामो समयको विचारपछि राजीनामाको निर्णय लिएको पनि बताएका छन्।

वेस्ट इन्डिज २०१२ र २०१६ को च्याम्पियन बने पनि त्यसयता भने लगातार खराब प्रदर्शन गरेको छ। पछिल्लो समय सिमन्सलाई खेलाडीमाथि द्वेष साँधेको भन्दै आलोचना हुने गरेको थियो। जसका कारण आक्रामक अलराउन्डर आन्द्रे रसेल टी-२० विश्वकप टोलीमा नपरेको आरोप लाग्ने गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×