काठमाडौँ। दक्षिण भारतीय चलचित्रका अभिनेता प्रभास र अभिनेत्री पूजा हेगडेको आउँदो चलचित्र 'राधेश्याम'को पहिलो गीत 'आशिकी आ गई' रिलीज भएको छ। अभिनेता प्रभासले आफ्नो सामाजिक सञ्जालमा पनि उक्त गीत शेयर गरेका छन्। गीतमा चर्चित गायक अरिजीत सिंहको आवाज रहेको छ। गीत 'टिसिरिज'को युट्युब च्यानलमा पनि उपलब्ध छ। चलचित्र १४ जनवरीमा रिलिज हुनेछ।
भिडियो: