काठमाडौँ - अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड कलेक्सन गरिसकेको छ। रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको कलेक्सन गरेको छ।
योसँगै दृश्यम २ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म समेत बनेको छ। ६० करोडमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ।
दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोडको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल कलेक्सन २०३ करोड पुगेको हो। रिलिज भएको १० दिनमा मध्यम रेन्जको फिल्मको लागि यो व्यापार उत्साहजनक रहेको छ।
दृश्यम २ को बजेट करिब ६० करोड थियो। फिल्मले तेस्रो दिनमै ६४ करोड कलेक्सन गर्दै बजेटको रकम उठाउन सफल रह्यो। अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा रहेका छन्।
फिल्मको पहिलो भाग निशिकान्त कामतले निर्देशन गरेका थिए तर कोभिडका क्रममा उनको मृत्यु भएको कारण फिल्मको निर्देशन पनि फिल्मका निर्माता अभिषेक पाठकले सम्हालेका थिए।