नेपाल जिम्बाबेसँग पराजित

काठमाडौँ - आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ। आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो।

२९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो।

नेपालका लागि  कुशल भुर्तेल ९९ रन र  आसिफ शेख ६६ रन बनाएका थिए। यस्तै कुशल मल्ल ४१ र रोहितकुमार पौडेल ३१ रनमा आउट भए।

गुल्सन झा १३ रन, आसिफ शेख १०, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए। यस्तै भीम सार्कीले खाता नै खोल्न सकेनन्। करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट भए।

अब समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×