ट्राफिक व्यवस्थापनमा एकरूपता ल्याइने

काठमाडौँ - प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशभरि ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याइने बताएका छन्।

जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यातायातसँग जोडिएका विषयमा जनतालाई सेवामा सहज र सरल गराउन आगामी चैत १ गतेदेखि अनलाइन सेवा सुरु गरिने जानकारी दिँदै उनले सहरलाई सुन्दर र दुर्घटनामुक्त बनाउन ट्राफिक व्यवस्थापनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए। मन्त्री घिमिरेले ट्राफिक प्रहरीले सङ्कलन गरेको राजस्व प्रदेशमै खर्च गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको भन्दै ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीका मागलाई सम्बोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने तथा यहाँ नगरे कहाँ गर्ने उक्तिले काम गर्ने हौसला प्रदान गर्ने भन्दै कोसीदेखि मेची र रानीदेखि सुनसरीको तरहरासम्मको राजमार्गमा सिसी क्यामेरा जडान गर्न रकम निकासा भइसकेको जानकारी दिए। यातायात व्यवस्था तथा सञ्चार सचिव जयकुमार घिमिरले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या निराकरण गर्न मन्त्रालयले जिम्मेवार भएर काम गरिरहेको बताए। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकातिर सडक विस्तार र अर्को तिर साँधुरो सडकमा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जनाएका छन्। 

उनले सडक सुशासन र सडक सुरक्षा भरपर्दो भएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै ट्राफिकले सङ्कलन गरेको राजस्व नागरिक सुरक्षामै खर्च गर्ने व्यवस्था हुनुपर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×