दिक्तेलमा बाल उद्यान सञ्चालनमा

दिक्तेल- दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा बाल उद्यान सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारी कार्यक्रमअन्तर्गत सो उद्यान निर्माण गरिएको हो।

रेष्टुरेन्टसहितको दुईतले सपिङ कम्प्लेक्स तथा बाल उद्यानको मङ्गलबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले संयुक्तरूपमा उद्घाटन गरे। सम्झौताभन्दा तीन महिना अगाडि नै सम्पन्न भएको सो सपिङ कम्प्लेक्स तथा उद्यानको लागत रु चार करोड ३८ लाख रहेको छ। यसबाट नगरपालिकाको मात्र नभई जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए।

मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ८० लाख ८४ हजार लगानीमा उमा–लामा–अनशुवी जेभीले सो कम्प्लेक्स तथा उद्यान निर्माण गरेको हो । यो जिल्लाकै पहिलो बाल उद्यान हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×