भारत। बलिउड अभिनेता पंकज त्रिपाठीले केहिदिन अघि मात्र आउँदो चलचित्र 'ओ माई गड २'को शूटिंग सकेका छन्। चलचित्रमा पंकजका साथ साथै अक्षय कुमार पनि मुख्य भूमिकामा देखिनेछन्। खबरका अनुसार 'ओ माई गड २' पछी पंकजले निर्देशक श्रीजीत मुखर्जीको नयाँ चलचित्र 'शेरदिल'को शूटिंग सुरु गरेका छन्। चलचित्रमा उनी मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा नीरज काबी र सयानी गुप्ता पनि मुख्य भूमिकामा देखिनेछन्। खबरका अनुसार चलचित्र एक सत्य घट्नामा आधारित रहेको छ। जसमा एक गाउँका मान्छेहरुले प्रशासनसँग क्षतिपूर्ति माग्न आफ्नो परिवारका वृद्धहरुलाई बाघका अघि मर्न छोडीदिन्छन्। चलचित्रको निर्माण रिलायन्स इन्टरटेनमेन्ट र सह-निर्माण टिसिरिजद्वारा गरिदैछ।