काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बद्रीकुमार गुरागाईले बैंकमा तरतला प्रर्याप्त भएको बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै सिइयो गुरागाईले तरलता संकट अभावका समयमा पनि राष्ट्रिय सहकारी बैंकमा तरलता अभाव नभएको बताएका हुन्।
बैंक तथा वित्तीय सहकारीमा तरलता अभाव भइरहेका बेला सहकारीमा त्यस्तो तरलता संकट नदेखिएको उनले बताए ।
गुरागाईका अनुसार बैंकको गत असारसम्मको तुलनामा यसअवधिमा कुल कर्जामा ५० प्रतिशतले बढेको छ । शुक्रबारसम्मको वित्तीय विवरण अनुसार तरलता १७.७३ र कर्जा निक्षेप अनुपात ७९.१६ प्रतिशत रहेको बैंकले जनाएको छ । यो राष्ट्र बैंकले तोकेको सिडी रेसियो ११ प्रतिशत भन्दा बडी हो । त्यस्तै बैंकको न्यूनतम पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा ९.५१ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकका सिइओ गुरागाईले बैंकको वित्तीय अवस्था मजबुत भएको दाबी गर्दै निक्षेप फिर्ता गर्न र कर्जा प्रवाह गर्न समस्या नभएको बताए।
बैंकले ५० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब कर्जा प्रवाह गरेको छ । शुक्रबार मात्र बैंकमा १८ करोड ४० लाख निक्षेप संकलन भएको बैंकले जनाएको छ । बिहीवार ३ करोड निक्षेप संकलन भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत गुरागाईले बैंक तथा वित्तीय संस्थाको जस्तो सहकारीमा तरलता अभाव नभइसकेको बताए।