काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–१४ भङ्गेनीकी ४८ वर्षीया पूर्णकुमारी न्यौपाने (पुतली) एक हप्तादेखि सम्पर्कविहीन भएको छ।
मानसिक सन्तुलन गुमाएकी उनी गत शनिबारदेखि परिवारका सम्पर्कमा नरहेको दाजु खुमलाल न्यौपानेले जानकारी दिए। “पूरै होस् पाउँदिनन्, कता गइन् कता केही पत्तै लागेको छैन”, उनले भने, “आफन्त, इष्टमित्र कहाँ फोन गरेर बुझ्यौँ अत्तोपत्तो लागेको छैन।” गाउँघर वरिपरि बारी, खोल्साखोल्सी, वन जङ्गल जताततै खोजी गरिरहेको र नपाइएपछि बिहीबार वडा प्रहरी कार्यालय वालिङमा खोजी गरिदिन निवेदन दिइएको उनले बताए।