सडक महोत्सव

पोखरा सडक महोत्सवको २७ औँ संस्करण आगामी पुस १३ गतेदेखि सुरु हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा करिब साढे तीन किलोमिटर लामो सडक क्षेत्रमा महोत्सव आयोजना हुनेछ। ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित खाना, संस्कृति र संगीतको प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको संयोजक वसन्त गौतमले बताए।

उनका अनुसार सडक महोत्सवले पोखराको पहिचान, सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×