माओवादीका ३ नेताले राखेकाे एमसीसीमाथिकाे ‘नोट अफ डिसेन्ट’ बैठकमा पेश

काठमाडौँ – नेकपा माओवादी केन्द्रका ३ नेताले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे ‘नोट अफ डिसेन्ट’ अर्थात फरक मत पेश गरेका थिए। उक्त विषयमा छलफल गर्नका लागि उक्त ‘नोट अफ डिसेन्ट’ केन्द्रीय समिति बैठकमा पेश भएको छ।

सुरुदेखि एमसीसीको विरोधमै रहेको माओवादीले अन्तिम समयमा व्याख्यात्मक घोषणासहित पारित गर्न तयार भएको थियो। पार्टी नेतृत्वको उक्त निर्णयप्रति माओवादी नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले नोट अफ डिसेन्ट राखेका हुन्। संयुक्त रुपमा रहेको उक्त नोट अफ डिसेन्ट जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छलफलका लागि भन्दै आज पेश गरेका छन्। यद्यपि उक्त नोट अफ डिसेन्टमाथि छलफल भने आगामी स्थानीय तह निर्वाचनपछि मात्रै हुने बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×