अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की

भारत। सामाजिक सञ्जालमा गरिएको एक पोस्टका कारण बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की दिइएको छ। जसको प्रतिउत्तरमा कंगनाले  एफआईआर दर्ता गराएकी छिन्। यो कुराको जानकारी कंगनाले आफ्नो सामाजिक सञ्जालको मार्फतबाट दिएकी हुन्। उनले सञ्जालमा एफआईआरको तस्विर पनि राखेकी छिन्। उनले पोस्टमा लेखेकी छिन् "मुम्बईमा भएको आतंकवादी हमलाका शहीदहरूलाई सम्झँदै मैले देशद्रोहीहरूलाई कहिल्यै माफ नगर्ने र नबिर्सने लेखेको छु। यस्तो घटनामा देशका आन्तरिक गद्दारहरुको हात रहेको छ। देशद्रोहीहरूले पैसाको लोभमा कहिले पद र शक्तिको लोभमा भारत मातालाई कलंकित गर्ने एउटा मौका पनि छोडेनन्, जयचन्द र देशभित्रका देशद्रोहीहरूले षड्यन्त्र गरेर राष्ट्रविरोधी शक्तिहरूलाई सहयोग गरिरहे। मलाई मेरो यही पोस्टमा विघटनकारी शक्तिहरूबाट निरन्तर धम्कीहरू आइरहेको छ। बठिनका एक भाइले मलाई मार्ने धम्की दिएका छन्। म यस प्रकारको धम्कीबाट डराउँदिन। म देशविरुद्ध षड्यन्त्र गर्ने र आतंककारी शक्तिहरुविरुद्ध बोल्छु। लोकतन्त्र हाम्रो देशको सबैभन्दा ठूलो शक्ति हो, सरकार जुनसुकै दलको होस्, तर संविधानले हामीलाई अखण्डता, एकता र नागरिकको मौलिक अधिकार र विचारको अभिव्यक्तिको रक्षा गर्ने मौलिक अधिकार दिएको छ। मैले कुनै पनि जात, धर्म वा समूहको बारेमा कहिल्यै अपमानजनक वा घृणित कुरा भनेको छैन। म कांग्रेस अध्यक्ष श्रीमती सोनिया जीलाई यो पनि सम्झाउन चाहन्छु कि तपाईं पनि एक महिला हुनुहुन्छ, तपाईंको सासु इन्दिरा गान्धी जीले अन्तिम क्षणसम्म यस आतंकवादको विरुद्ध दृढतापूर्वक लड्नुभयो। कृपया पञ्जाबका मुख्यमन्त्रीलाई त्यस्ता आतंकवादी, विघटनकारी र राष्ट्र विरोधी शक्तिहरूको धम्कीमा तुरुन्त कारबाही गर्न निर्देशन दिनुहोस्।"
 

 

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×