सर्वाेच्चका न्यायाधीश र कर्मचारीलाई बिहीवार काेराेना विरूद्धकाे बुस्टर डाेज दिइने

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोना विरुद्धको बुस्टर डोज दिइने भएकाे छ । सर्वाेच्च अदालतले सूचना प्रकाशित गरी बिहीवार बुस्टर डाेज  दिने जानकारी दिएकाे हाे ।

बिहीवार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सूचनामा जनाइएकाे छ।

सूचनामा बुस्टर खोप लगाउन आउँदा अनिवार्य रुपमा पहिला खाेप लगाएकाे खोप कार्ड लिएर आउन अनुराेध गरिएकाे छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×