एसिया कप श्रीलंकाबाट सर्ने सम्भावना

काठमाडौँ - एसिसी एसिया कप श्रीलंकाबाट सर्ने सम्भावना बढेको छ। श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसिया कप यूएई सर्ने सम्भावना बढेको क्रिकइन्फोले जनाएको छ।

श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप आफ्नै भूमिमा प्रतियोगिता आयोजना गर्ने अडानमा छ। एसियन क्रिकेट परिषद् (एसिसी) ले एसियाकप श्रीलंकामा गर्ने निर्णय गरेको थियो।

एसिसीको यसै हप्ता बस्ने बोर्ड बैठकले प्रतियोगिता आयोजनाबारे निर्णय गर्नेछ। टी-२० शैलीमा आयोजना हुने एसिया कप २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ देश गरी ६ टिम सहभागीता रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×