काठमाडौँ। गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’का विषयमा उठेका प्रश्नहरुको जवाफ दिएका छन्। उनले सामाजिक सञ्जालमा लामो लेख लेख्दै यो विषयमा बोलेका हुन्। उनले आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए। उनीहरु चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ।’
उनले अगाडी भनेका छन् "समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको हुँ।" उनी थप लेख्छन् "प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो 'पिर'। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरु पढें। आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।"