काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा २ लाख ३५ हजार १०० जना निको भएका छन्।
एक दिनमा मृत्यु हुनेको संख्या भने एक हजार एक सय रहेको छ। यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ। भारतमा हालसम्म ४ करोड १९ लाख ५० हजार ५०१ जना संक्रमित भएका छन् भने तीमध्ये ४ करोड ५ हजार ५१४ जना निको भइसकेका छन्।