काठमाडौँ - ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र काँक्रेबिहारको संरक्षणका लागि रु छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ।
कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतको वडा कार्यालयले रु. छ लाख ५० हजारमा अस्थायी प्रहरी विटको भवन निर्माण गरेको हो। सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र मानिने काँक्रेबिहारमा बनेको उक्त भवनको उद्घाटन नगरप्रमुख देवकुमार सुवेदीले गरे। विसं २०७६ भदौ २५ गतेबाट सञ्चालनमा रहेको अस्थायी प्रहरी बिटले आजदेखि आफ्नै पक्की भवनबाट कार्यसञ्चालन गरेको छ। आर्थिक विकासका हिसाबको आधारशीला मानिने काँक्रेबिहार सबैको साझा सम्पति भएको उनको भनाइ छ।
त्यस्तै, उपप्रमुख मोहनमाया ढकालले बढ्दो जनसङ्ख्यासँगै राज्यसँग सुरक्षा चुनौती भएकोले जनतासँग प्रहरी छ भन्ने अनुभूति दिएर काम गर्न प्रहरीलाई सुझाए।