काेराेना परीक्षण शुल्क खारेजीकाे माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन्।

नेपालका निजी अस्पतालहरुले ऐन्टीजेन टेष्ट गरे बापत न्यूनतम पाँच लिइरहेको र पीसीआर टेष्टवापत निजी अस्पतालमा न्यूनतम २ हजार र सरकारी अस्पतालमा एक हजार लिनु गलत भएको भन्दै मञ्चले उक्त उजुरी दिएको हो ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उक्त उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ।

‘पीसीआर र एन्टीजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×