काठमाडौँ - मेक्सिकोले विश्वकपबाट बाहिरिएसँगै आफ्ना प्रमुख प्रशिक्षकलाई बर्खास्त गरेको छ।
मेक्सिकोले आफ्ना प्रशिक्षक गेरार्डो मार्टिनोलाई बर्खास्त गरेको हो। विश्वकपको समुह सी अन्तर्गत मेक्सिको पोल्याण्डसँग ४-४ अंकको बराबरी भएपनि पोल्याण्डसँग गोल अन्तरको अधारमा पछि परेपछि बाहिरिएको हो।
मेक्सिकोले गएराती सम्पन्न खेलमा साउदी अरेबियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। मेक्सिको १९७८ पछि पहिलो पटक समुह चरणबाट बाहिरिएको छ। मार्टिनोले खेलपछि आयोजित पत्रकार सम्मेलनमा विश्वकपबाट बाहिरिनु आफ्नो कमजोरी भएको बताउदै आफुले जिम्मेवारी लिने बताएका छन्। उनले यो खेल सकिना साथ मार्टिनोले आफु प्रशिक्षकको रुपमा नरहने बताएका थिए।
यस विश्वकपमा मेक्सिको पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग २-० गोल अन्तरले हार व्यहोरेको थियो।