काठमाडौँ- बलिउड अभिनेत्री करिष्मा कपुर हालै आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा ‘आस्क मी एनिथिंग’ सेसनमार्फत जोडिइन्। दर्शकसँग सामाजिक सञ्जालमार्फत जोडिएकी उनले व्यवसायिकदेखि व्यक्तिगत जीवनसँग जोडिएका प्रश्नको पनि जवाफ दिइन्।
प्रशंसकहरुले उनीसँग सोधेका थुप्रै रमाइला व्यक्तिगत प्रश्नमध्ये विवाहका लागि सोधिएको प्रश्नले विशेष ध्यान खिच्यो। प्रश्नोत्तरकै क्रममा एक प्रशंसकले उनलाई के तपाईं दास्रो विवाह गर्नुहुन्छ? भन्दै प्रश्न गरे। करिष्माले प्रश्नलाई इगनोर नगरेर रमाइलो शैलीमा जवाफ फर्काइन्, जुन जवाफ उनले इन्स्टाग्राम स्टोरीमा समेत सेयर गरेकी छन्। जसको उत्तरमा उनले ‘डिपेन्डस’ मात्रै लेखेकी छिन्। करिष्माको उत्तरले दोस्रो विवाह हुँदैन भनेर नकारिएको छैन।