म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ। 

भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो। मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बिहीबार एकै दिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिए। 

खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ। दिच्याममा १३७ र दुखुमा १०२ परिवारको बसोबास छ। गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्। सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×