प्रदेश नम्बर १ : आज मन्त्रिपरिषद विस्तार हुदै, ७ मन्त्रालय फुटाएर १३ बनाउने

विराटनगर- प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्। संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो।

साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्। सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् भने नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।

आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ। गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×