किन झोक्किए बालेन ?

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनीले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्  ।

मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् ।

‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन्’ उनले आफनो प्रस्टीकरण दिदै सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि ब्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन ।’

उनले अझ अगाडी लेखेका छन्, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×