इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौँ - इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ। बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

मारिनेमा  एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ। आक्रमणमा संलग्न  तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ।

आक्रमणको  प्रहरीले अनुसन्धान गरि रहेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×