पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ। मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन्। उनले २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गरेका थिए।
भारतीय सेनामा कार्यरत अनिश नेपालका अधिकांश म्याराथनको उपाधी विजेता हुन्। गोरखामा हुने लिगलिगे दौडमा सबैभन्दा धेरै उपाधी उनैले जितेका छन्। प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेत दोश्रो भएका छन्। उनले २ घण्टा २३ मिनेट १४ सेकेण्ड समय लगाएका थिए।
तेस्रो स्थानमा सन्तोष विक्रम विष्ट छन्। सशस्त्र प्रहरी बलका विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए।