एन्फा कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई

काठमाडौँ - उपाध्यक्ष दावा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ कतारमा मंसिर ४ गतेदेखि सुरु हुने कतार विश्वकपको उद्घाटन समारोहमा सहभागी हुने भएपछि उपाध्यक्ष लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्।

अध्यक्ष नेम्वाङ विश्वकपका लागि आज (शुक्रबार) कतार प्रस्थान गर्दैछन्। लामाले ३ दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्। अध्यक्ष नेम्वाङ ६ गते नेपाल फर्किनेछन्।

विश्वकपको २२औँ संस्करण कतारमा मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा मंसिर ४ गते आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×