कोशीको नीति कार्यक्रम आज : कांग्रेस पनि सहभागी हुने

मोरङ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कोशी प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपरान्ह ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । ‘प्रतिनिधि सभामा पनि हाम्रो विरोध थियो,’ थापाले भने ‘त्यसकै विरोधस्वरूप हामीले यहाँ बहिष्कार गरेका थियौं ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×