बैंकिङ प्रणालीमा २२ करोड ९१ लाख रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले २२ करोड ९१ लाख रुपैंयाँ संस्थागत निक्षेप राख्नको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०८० माघ दुई गतेदेखि २०८१ माघ एक गतेसम्मको लागि लगानी गर्न लागिएको हो ।

लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १८ करोड ३३ लाख, विकास बैंकहरुको लागि तीन करोड ४४ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १४ लाख रुपैंयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही पुस १९ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×