दीया पुनको नयाँ फिल्म ‘अन्तिम संस्कार’मा जोडिए विजय र एवनराज

काठमाडौँ - दीया पुनको मुख्य भूमिका रहने नयाँ फिल्म ‘अन्तिम संस्कार’को औपचारिक शीर्षक र लोगो पोस्टर सार्वजनिक भएको छ। आइतबार इन्स्टाग्राम र आधिकारिक वेबसाइटमार्फत पोस्टर सार्वजनिक गर्दै दीयाले  फिल्मको सिनोप्सिस (सारांश) पनि उल्लेख गरेकी छिन्।

हराएको फिल्म निर्मातालाई खोज्न निस्किएको एक जँड्याहा प्रहरी अधिकृतको टोली र उक्त खोजीमा आइलाग्ने हिमाली परम्परागत संस्कारको रहस्य वरपर फिल्म घुम्ने उल्लेख गरिएको छ।

प्रदीप शाहीको पटकथा तथा निर्देशन रहने फिल्ममा दीयासहित विजय लामा, एवनराज उप्रेती र त्रिचु राईको मुख्य भूमिका रहने छ । साइ प्रोडक्सन नेपालको ब्यानरमा फिल्म निर्माण हुने भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×