थाइल्यान्ड ओपन कराते प्रतियोगितामा साईमनले जिते स्वर्ण

काठमाडौँ - थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन्।

उनले १४ वर्ष उमेर समूहको ४५ केजीमुनि स्वर्ण जितेका हुन्। ईचङगु नारायण डोजोका उत्पादन उनको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो। नेपालबाट सहभागी सिनियर पुरुषमा भने ८४ केजीमुनि एपीएफ क्लबका शेखु आलमले कास्य पदक जित्न सफल भएका छ्न।

टोली शुक्रबार स्वदेश फर्केको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×