गाउँमै स्वास्थ्योपचार : स्थानीयवासी खुसी

सिन्धुपाल्चोक - थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ। यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन्। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकामै पाँचपोखरी प्राथमिक अस्पतालको सेवा पाउन थालेपछि स्थानीयवासी कल्पना पण्डितले खुसी व्यक्त गरे।

गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले पीडित थिए। यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडौँ गएर उपचार गराउँदै आउनुभएका उनी अहिले गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा मख्ख परेका  छन्। उनले स्थानीय तहले राम्रो काम गर्दै गएको समेत बताए। कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित यस अस्पतालबाट अहिले सबैखाले सेवा प्रदान गर्न थालिएको छ। सीमित स्रोतसाधन र जनशक्तिबाट अहिले पनि कोभिडसँगसँगै अन्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा सोनाली खतिवडाले जानकारी दिए।

पाँचपाखोरीका आठवटै वडामा सुविधासम्पन्न सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर)को व्यवस्था छ। निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको पालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको अध्यक्ष टासी लामाले दाबी गरे। उनले भपे“ स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छौँ।” नागरिकले ठूला विकासको अपेक्षा गरेका छैनन्। केबल शिक्षा, स्वास्थ्यलगायतका विषयमा आधारभूत सुविधा पाए स्थानीय तह भएको महसुस गर्न सकिने उनीहरूले बताएका छन्। नागरिकका समस्यालाई स्थानीय सरकारले बुझ्न सके राम्रो हुने उनीहरूको प्रतिक्रिया छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×