क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाल पराजित

काठमाडौँ - आईसीसी विश्वकप लिग-२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाल क्यानडाविरुद्धको एकदिवसीय खेलमा पराजित भएको छ। क्यानडाको किङ सिटी स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो।

गएराति भएको खेलमा क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.२ ओभरमा १ सय ५रनमै समेटिएको हो।

नेपालका लागि देव खनालले २६, पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमद र आदिल आलम समान १३ रन बनाए। त्यस्तै, कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, करण केसीले ५ र कुशल भुर्तेलले १ रन बनाएका थिए।

क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २ विकेट लिए।

यसअघि ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो। क्यानडाका लागि श्रेयस मोभाले ५० रन बनाएका थिए।

नेपालका सन्दीप लामिछानेले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए। नेपाल २ खेलको एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको थियो। वर्षाका कारण पहिलो एकदिवसीय खेल रद्द भएको थियो।

अब नेपाली टोली आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग खेल्न स्कटल्यान्ड जानेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×