काठमाडौँ - युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ।
म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको लागि सम्झौता गर्दै लन्डन पुगेका हुन्।
२५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए। सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन्।
उनले युक्रेनका लागि ५२ खेलमा २८ गोल गरेका छन्।