अपेक्षा गिरीको ‘बाँकी एउटा सपना’ सार्वजनिक

काठमाडौँ - गायिका अपेक्षा गिरीकोे नयाँ गीत सार्वजनिक भएको छ। गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार साँझ ‘बाँकी एउटा सपना’ बोलको नयाँ गीत सार्वजनिक गरेकी हुन्।

गिरी र टंक तिमिल्सिनाको स्वर रहेको गीतको भिडियोमा उनीहरूकै अभिनय रहेको छ। गीतको शब्द, संगीत र एजेन्ज टंक गरेका छन्। जीवन शाहीले निर्देशन गरेको भिडियोको सिनेम्याटोग्राफर उत्तम हुमगाईं रहेका छन्। दीपेन्द्र बस्नेतको सम्पादनपछि भिडियो शनिबार सार्वजनिक गरिएको हो।

गिरीको यसअघि सोल्टिनी’, ‘हाम्रो माया गलत होकी सही’ र ‘परदेशी’ बाेलका गीत बजारमा आइसकेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×