काठमाडौँ - इन्दु वर्मालाई नेपाल महिला क्रिकेट टिमको नयाँ उप कप्तान बनाइएको छ। आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई उपकप्तान घोषणा गरेको हो ।
क्यानका सचिव प्रशान्त विक्रम मल्लले दिएको जानकारी अनुसार इन्दु नेपालका लागि स्थायी उपकप्तान हुनेछिन्। नेपाली टिमको कप्तान रुविना क्षेत्री रहेकी छिन्। यसअघि नेपाली महिला टोलीकी उपकप्तान सिता राना मगर रहेकी थिइन्।
सिता अहिले युनाइटेड अरब इमिरेट्स (यूएई) मा फेयर ब्रेक ग्लोबलमा टोरान्डोस बाट खेलिरहेकी छिन्। उनी केहिदिनमा नेपाल फर्किदै छिन्। नेपालले सोमबार देखी घरेलु मैदानमा युगान्डासँग पाँच खेलको टी २० शृङखला खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा हुने खेल सोमबार सुरु हुँदैछ।
नेपाली टिम:
रुविना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, संगिता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, डोली भट्ट, हिरन्मायी रोय।