‘दुई नम्बरी’ निर्माताले ‘हात्तीछाप’ चलचित्र बनाउने

काठमाडौँ - किरण नेपालीको निर्माणमा फिल्म ‘हात्तीछाप’ बन्ने भएको छ। ‘पोई पर्‍यो काले र २ नम्बरी’ जस्ता फिल्महरु बनाएर चर्चामा आएका नेपालीले नयाँ फिल्म बनाउने घोषणा गरेका हुन्।

यस फिल्मको घोषणासँगै नेपालीले फिल्म ‘पोई पर्‍यो बुढो’को छायांकन 'पोष्टपेन्ड' गरेका छन्।

फिल्मलाई लेखक प्रदीप भारद्धाजले लेखेका हुन्। ‘हातीछाप नामक फिल्मको कथा पढेपछि म प्रभावित भएँ। त्यसैले पहिला यो फिल्म बनाउने निर्णय गरेका हुँ। पोई पर्‍यो बुढो यो फिल्म पछि बन्छ,’ उनले भने।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा बन्ने फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ। यस फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुनेछ। फिल्मका निर्देशक र कलाकार केही दिनमा फाइनल हुने र पत्रकार सम्मेलन गरेर जानकारी दिइने समेत उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×