पुलिसले क्लबले सिक्किममा क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौँ - घरेलु क्रिकेटको एक सफल विभागीय टोली नेपाल पुलिस क्लबले भारतको सिक्किममा बिहीबार देखि सुरु हुने तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिग खेल्ने भएको छ। दुई आमन्त्रिण टोलीमा नेपालबाट पुलिस र कोलबाताबाट राजस्थान क्लब खेल्ने भएकाछन्।

सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन्। पुलिसले दोस्रो पटक यो प्रतियोगिता खेल्न लागेकाे हो। पुलिसले गत वर्ष अपराजित रहँदै फर्किएको थियो। 

पुलिस समूह ए मा छ। पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोर्दश, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन्। पुलिसले आजनै एचआरसीसीसँग खेल्दै सुरुवात गर्नेछ। पुलिसको टोलीमा अनिल कुमार शाह, योगेन्द्रसिंह कार्की, राशिद खान, प्रेम तामाङ, प्रतिश जि.सी र शंकर राना लगायतका खेलाडी रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×