काठमाडौँ - बलिउड निर्देशक प्रकाश झा 'राजनीति' को सिक्वेल बनाउने तयारीमा छन्। निर्देशक प्रकाश झा अहिले ‘राजनीति २’ का लागि स्क्रिप्ट लेखिरहेका छन्।
‘मलाई नयाँ विषयहरू खोज्न मन लाग्छ। राजनीति एउटा विषय हो। जसको लागि स्क्रिप्ट तयार भइरहेको छ। राजनीतिको क्षेत्रमा यति धेरै परिवर्तन भइरहेको छ, त्यसले निश्चित हुने वातावरण छैन,’ उनले भने।
फिल्म सन् २०२२ को अन्तिमबाट छायांकनमा जाने बताइएको छ।
सन् २०१० मा प्रदर्शन भएको फिल्म ‘राजनीति’ मा अभिनेता रणवीर कपूर र कट्रिना कैफको मुख्य भूमिका थियो। फिल्ममा कट्रिना इन्दु प्रताप सिंहको भूमिकामा र रणवीर समर प्रताप सिंहको भूमिकामा देखिएका थिए।
यसको सिक्वेल बन्ने घोषणा भएसँगै फिल्ममा रणवीर र कट्रिनाको जोडी देखिने चर्चा छ। निर्देशक झा सिक्वेल फिल्म बनाउन माहिर निर्देशकको रूपमा परिचित छन्। उनले ‘गंगाजल’ को सिक्वेल ‘जय गंगाजल’ बनाइसकेका छन्।