निधन भएका पूर्वमन्त्री बोगटीको नाम पनि आरोपित सूचिमा!

२२ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

दायर भएका पूर्वमन्त्रीहरूमा—
पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन्।

तर यीमध्ये पूर्वमन्त्री पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकाले, बिगो (हानि) असुल–उपर गर्ने प्रक्रियाका लागि उनकी श्रीमती राममायालाई हकवालाका रूपमा प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।


 पूर्वमन्त्री बोगटीमाथि के-के आरोप ?

अभियोगपत्रअनुसार बोगटीले—

  • प्राविधिक योग्यता नपुगेको भनेर मूल्यांकन समितिले असफल ठहर गरेको बोलपत्रलाई
    नियमविपरीत अगाडि बढाउन भूमिका खेलेको आरोप छ।

  • सार्वजनिक खरिद ऐन २०६३ का दफा २३ र २४ विपरीत
    अयोग्य ठहर भएका बोलपत्रहरूको आर्थिक प्रस्ताव खोल्न निर्देशन गराएको उल्लेख छ।

  • आर्थिक प्रस्तावमा सिएएमसी इन्जिनियरिङले (चीनीया कम्पनी)
    लागत अनुमानभन्दा निकै बढी मूल्य पेश गरेको भए पनि त्यसलाई अगाडि बढाइएको अभियोगपत्रले बताउँछ।

  • २०६९ माघ १५ मा सिएएमसीको बोलपत्र स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय
    प्राधिकरण सञ्चालक समितिबाट गराइएको थियो, र
    तत्कालीन मन्त्रीका हैसियतले बोगटीले मन्त्रालयबाट प्रस्ताव पठाएको दाबी अख्तियारको छ।


 कति बढाइयो लागत ?

अख्तियारका अनुसार—

  • स्वीकृत लागत अनुमान : १६ करोड ९६ लाख अमेरिकी डलर

  • बोगटीको कसुरका आधारमा यो लागत ७ करोड ४३ लाख डलरले बढेर

  • २४ करोड ४० लाख अमेरिकी डलर कायम गरिएको उल्लेख छ।

यसरी अस्वाभाविक रूपमा अत्याधिक मूल्य तिर्ने गरी ठेक्का सम्झौता गरिएको अख्तियारको भनाइ छ।


 समग्र बिगो (हानि) : ८ अर्ब ३६ करोड रूपैयाँ

विशेष अदालतमा दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×