काठमाडौ - आगामी आईतबार नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति भने माघ दुई गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन एक गते र २०८१ बैशाख चार गते तोकिएको राष्ट्र बैंकको भनाई छ । यसअघि यही पुस २३ गते पनि राष्ट्र बैकले १७ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गरोको थियो ।