खार्तूम। सुडानमा भएको आम प्रदर्शनका क्रममा शुक्रबार थप चार जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको र अरु सयौं घाइते भएको प्रहरीले पनि पुष्टि गरेको छ। प्रदर्शनकारीहरुले राजधानी खार्तुम र छिमेकी सहरहरुमा बिहिवार व्यापक विरोध प्रदर्शन गरेका थिए।प्रदर्शनकारी र प्रहरीबीचमा भएको झडपमा प्रहरी तर्फ पनि घाइते भएका छन्। प्रहरी अधिकारीहरूका अनुसार प्रहरीतर्फ ४९ जना घाइते भएका हुन्।
प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तिमा क्षती पुर्याएको र प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफी आक्रमण गर्नु परेको प्रहरीले जनाएको छ।प्रहरीले प्रदर्शनको नेतृत्व गरिरहेका नेताहरुसँग समन्वय गर्ने प्रयाससमेत गरेको दावी गरेको छ। घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सुडानमा गत अक्टोबर २५ देखि आम प्रदर्शन भइरहेको छ। नागरिक सहभागितासहितको सरकारको सट्टामा सेनाले सैनिक सरकार चलाउन थालेपछि सुडानमा फेरि आन्दोलन सुरु भएको हो।