नयाँ बानेश्वरमा बारको आन्दोलन विरुद्ध विरोध प्रदर्शन; आफ्ना विचार प्रस्तुत गर्दै विभिन्न कानुन व्यवसायी, समाज सेवी एवं कानुनका विद्यार्थी (फोटो फिचर)

काठमाडौँ । आज काठमाडौँको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटल अगाडि नेपाल बारको आन्दोलन विरुद्ध स्वतन्त्र कानुन व्यवसायीहरुको प्रदर्शन भइ रहेको छ । उक्त प्रदर्शनमा विभिन्न कानुन व्यवसायीहरु, समाजसेवी, एवं कानुनका विद्यार्थीहरुले आफ्ना विचारहरु प्रस्तुत गरिरहेका छन् । 

अधिवक्ता कौशल भट्टराईले उक्त प्रदर्शनमा आफ्ना विचारहरु प्रस्तुत गर्दै वकिलहरुको छाता संगठनका रुपमा रहेको नेपाल बारले संविधान चाहिँदैन आफुहरुलाई न्यायाधीशहरुसँग चित्त बुझेन, केहि न्यायाधीशसँग मनमुटाव नहुँदा र आफु अनुकुल फैसला भएन भनेर विधि र संविधान विपरित सडकमा गएर आन्दोलन गर्न कुनै हालतमा नमिल्ने बताए । जब कानुन व्यवसायी नै Rule of Law, कानुन सम्मत नरहि सडकमा रहेर संविधान च्यातिदेऊ र आफुले भने बमोजिम न्यायाधीश ल्याउ, प्रधानन्यायाधीश ल्याउ भनेर सडकमा उत्रिनु कुनै हालतमा न्यायोचित नरहेको बताए । हरेक देश चल्ने विधिले चल्ने हो तसर्थ आफुहरुले जुनै पनि कार्य संविधान अन्तरगत कानुन सम्मतरुपमा कार्य गर्नु पर्ने भन्दै नेपाल बारलाई झकझकाउने पर्ने अवस्था आएको बताए । उनले वकिलले आन्दोलन गरेर कसैको राजीनामा माग्न नहुने समेत बताएका छन् ।

त्यसै गरी समाजसेवी तोयाराज दाहालले उक्त विरोध सभालाई सम्बोधन गर्दै संविधान बचाउनमा प्रधानन्यायाधीशको ठूलो भूमिका रहेको बताएका छन् । प्रधानन्यायाधीश जबराको गुण नेपालीहरुले बिर्सनु नहुने बताए ।

यसै गरी उक्त प्रदर्शनमा बोल्दै कानुनका विद्यार्थी सुरज रेग्मीले सर्वोच्च अदालतको अगाडि कैयौं पीडितहरु न्यायको लागि गुहारि रहेको अवस्था रहेको बताएका छन् । यसरी पीडितहरु न्यायको लागि अदालत अघि गहार गर्नु पर्ने कस्तो विधिको सासनको लागि बारका वकिलहरु आन्दोलित भएका हुन्? भन्दै उनले प्रश्न गरेका छन् । सर्वोच्च अदालतको ढोका बन्द हुनु र त्यही बन्द ढोका बाहिर उभिएर पीडित जनताहरुले मलाई न्याय दे भन्दै ढोका ढकढकाउनु पर्ने कस्तो विधिको शासन हो? भन्दै कानुनका विद्यार्थी रेग्मीले प्रश्न उठाएका छन् । उनले आफु एक कानुनको विद्यार्थी रहेको र भविष्यमा आफू पनि असल वकिल र न्यायाधीहुने सपना बोकेको तर नेपाल बार एशोसिएसन र कानुन बारले गरेको आन्दोलन र अदालत भित्रका नमुना र पैसामा बिकेका झोले वकिलहरुका हर्कतका कारण आफुलाई दुःख लागेको बताए । आज सम्माननिय भनिएको सर्वोच्च अदालत साँचिकै सम्मानित छ त? भन्दै उनले प्रश्न उठाएका छन् ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×