आईपीएल २०२२ पछि इन्डियन क्रिकेट टोलीले साउथ अफ्रिकाविरुद्ध टी–२० सिरिज खेल्ने छ। त्योपछि एक टेष्ट, तीन एक दिवशीय र तीन टी–२० खेल्न इंग्ल्याण्ड वा आयरल्याण्ड जाने छ। सो सिरिज अगाडी केही भारतीय टिमले आफ्ना केही मुख्य खेलाडीलाई आराम दिने भएको छ। भारतीय कप्तान रोहित शर्मा, उपकप्तान लोकेश राहुल, विराट कोहली, ऋषव पन्त, जसप्रीत बुमराह, मोहम्मद शामी, र रविन्द्र जडेजालाई आराम दिने सुचीमा राखेको भारतीय संचारमाध्यमले जानकारि दिएको छ।
भारतीय टोलीले आईपीएल २०२२ पछि जुन ९ देखि १९ सम्ममा भारतको विभिन्न पाँच शहरमा पाँच टि–२० अन्तराष्ट्रियका खेल खेल्ने छ। त्यसपछि टिम आयरल्याण्ड अथवा इंग्ल्याण्ड जाने छ। त्यसैले खेलाडीलाई धेरै खेल भएका कारण टोलीका प्रमुख खेलाडीलाई विश्रामको आवश्यकता भएको बताइएको छ।
केही खेलाडीको प्रदर्शन भने टोलीका लागि चिन्ताको विषय बनेको छ। टी–२० वल्र्डकपको दौरान आफ्नो र्फममा नरहेको खेलाडीलाई लिएर मैदानमा उत्रिदा टिमले त्यसको मुल्य चुकाउनु पर्ने सम्भाबना रहेको छ। भारतीय संचारमाध्यमले जनाएअनुसार बीसीसीआई बर्कलोडका लागि केही प्रोगाम बनाएको छ। आईपीएलमा लामो समयसम्म बायो बबलमा बसेका खेलाडीहरु केही आराम पाएपछि पुनः टिममा फर्कनेछन् र आफ्नो लायमा आउनेछन् भन्ने विश्वास लिएको छ।
खेलाडीलाई कति समयको आराम दिने भन्ने कुरामा प्रमुख प्रशिक्षक राहुल द्रविडसँगको छलफल पछि तय हुने जनाइएको छ। टीम इन्डिया अहिले यो वर्षको अन्त्यमा हुने टि–२० विश्वकपमा केन्द्रित छ। त्यसका लागि खेलाडी मानसिक र शारिरिक रुपले पुर्ण रुपमा फिट हुन जरुरी रहेको छ। बायो बबलमा बसेका कारणले उनीहरुलाई आरामको अवश्यकता महशुस भएर आराम दिने निर्णय भएको भनिएको छ।