भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

चितवन - भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र ) का रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी हुन् । उनिसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेको छन् । 

दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेका थिए ।

 दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सोे पदबाट राजीनामा दिएका थिए । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले उनि कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुन् । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×