नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँले घट्दै तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो।

शुक्रबार तोलामा २ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर २ लाख १५ हजार १०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर २ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×