कैलाली - धनगढीमा सुदूरपश्चिम राजधानी कप २०७९ हुने भएको छ। असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा प्रतियोगिता हुने भएको हो। आज धनगढीमा पत्रकार सम्मेलन गरी आयोजक पिएफए स्पोटर्स क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो।
प्रतियोगितामा नवौँ राष्टिय खेलकुदमा भाग लिने ७ प्रदेशका टोली र १ घरेलु टोली ८ टीमको सहभागीता रहने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ।
यस्तै सह-प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ। हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ। यो प्रतियोगिताको चौथो संस्करण हो।