सिरोहिया भेट्न पुगेका निधिले भने–आरोप निराधार र त्रुटिपूर्ण छ

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग भेट गरेका छन् । नागरिकता कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियासँग बिहीबार नेता निधिले भेटघाट गरेका हुन् । बिहीबार जनकपुरधाम आइपुगेका निधिले सिरोहियालाई भेट्न विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । भेटपछि उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताए ।

उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने बताएका छन् ।
अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको उनले बताए । उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरू रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको विरुद्धमा कांग्रेस रहेको बताए । सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने उनको भनाइ छ । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×